जनकपुरमा शंकास्पद वस्तु फेला

bomb_janakpur
लाेकपाटी न्यूज

जनकपुरधाम। जनकपुरधाममा आज बिहान शंकास्पद बस्तु फेला परेको छ। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–९ स्थित सरस्वती नमूना माध्यमिक विद्यालय नजिकै शंकास्पद वस्तु फेला परेको हो।

घटनास्थलमा अहिले अहिले सुरक्षा घेरा दिइएको छ। त्यहाँ अहिले नेपाली सेना को स्पेसल टोलीले डिफ्युज गर्ने काम गरिरहेका छन्। आइतबार राति वडा नम्बर ९ मा पनि संकटमोचन मन्दिर देखि पश्चिम बागवानी जाने बाटोमा शंकास्पद बस्तु फेला परेको थियो।

यो भन्दा पहिला धनुषा जिल्लाकै महेन्द्रनगरमा बम बिस्फोट हुदाँ प्रहरी निरीक्षकसहित तीन जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्