भोजपुर, २९ मंसिर। जुनियर युवा रेडक्रस सर्कलको जिल्ला गोष्ठी भोजपुरको अरुण गाउँपालिकामा सम्पन्न भएको छ। अरुण गाउँपालिकाको वडा नम्बर ५ याकुस्थित श्री विश्वप्रेमी माध्यमिक विद्यालयको आयोजनामा सो गोष्ठी सम्पन्न भएको हो।
संविधानसभा सदस्य लोकमणि ढकालको प्रमूख आतिथ्यतामा सम्पन्न गोष्ठीमा जुनियर युवा रेडक्रस सर्कल भोजपुर जिल्लाले आफ्नो घोषणा पत्रसहित प्रस्तुत गरेको छ। मंसिर २७ र २८ दुई दिनसम्म सञ्चालित उक्त कार्यक्रमको उद्घाटन रमाइलो झाँकिसमेतको र्यालीबाट गरिएको स्थानीय कलाकार तिलक थापाले जानकारी दिए। उद्घाटन सत्रका साथै कार्ययोजनाका लागि दोश्रो सत्र पनि सञ्चालन भएको उनले बताए।
उनका अनुसार कार्यक्रममा २७ विद्यालयका शिक्षक र विद्यार्थी गरि १८३ जनाको सहभागीता रहेको थियो।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बबिन्द्र रसाइलीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विशेष अतिथि रुपमा अरुण गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, जिल्ला रेडक्रसका उपसभापति रहेका थिए। साथै स्थानीय राजनीतिक दल, विद्यालय, सरकारी तथा गैरसरकारी संघसंस्था एवं अभिभावकहरुको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा जुनियर रेडक्रस नृत्य प्रतियोगितासमेत सञ्चालन भएको थियो। जसमा, सगरमाथा मावि घोरेटार प्रथम, राधाकृष्ण मावि श्यामशिला दोश्रो र विधेश्वर मावि गोगने तेश्रो भएको कलाकार थापाले जानकारी दिए । साथमा अरुण कला साहित्य समाजद्वारा नाटक भ्रमू समेत प्रस्तुत गरिएको थियो। कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रसभादक्ष्य बबिन्द्र रसाइलीको धन्यवाद मन्तव्यसहित समापन भएको थियो।



लाेकपाटी न्यूज
