पोखरा, २९ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आन्तरिक उडानमा भाडादर समान बनाउने बताएका छन्। मन्त्री भट्टराईले विदेशी र नेपालीका लागि भाडादर समान बनाइने बताएका हुन्। पोखरामा भएको एक अन्तक्र्रियामा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले भाडादर समान गराउन आफू विमान सेवा कम्पनीहरुसँग छलफलमा रहेको बताए। मन्त्री भट्टराईले संसारका कुनै पनि मुलुकमा स्वदेशी र विदेशीका लागि फरक–फरक भाडादर नभएकोभन्दै सबैलाई सहमतिमा ल्याएरै समान भाडादर कायम गर्ने दावी गरे।
यसअघि मन्त्री भट्टराईले एक कार्यदल गठन गरेर हवाई भाडामा लिएको दोहोरोपनबारे अध्ययन गराएका थिए। कार्यदलको अध्ययनअनुसार नेपालीको तुलनामा विदेशी नागरिकले करिव दोब्बर मूल्य तिरेर नेपालमा हवाई यात्रा गर्न परेको छ।



लाेकपाटी न्यूज

