बालुवाटारमा नेकपा सचिवालय बैठक जारी

Nekapa_Sachiwalaya_Prachanda
फाइल तस्बिर
लाेकपाटी न्यूज

काठमाडौं, २९ मंसिर। नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक जारी छ। आज दिउँसो १ बजे बस्ने स्थायी समिति बैठकको प्रस्तावहरु तय गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको हो।

नेकपाको विधानअनुसार तीन-तीन महिनामा बस्नुपर्ने भए पनि एक वर्षपछि आज स्थायी समिति बैठक बस्दै छ ।
आज बस्ने स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले ६ महिने कार्ययोजना तथा राजनीतिक प्रतिवेदन पेश गर्नेछन् । अध्यक्ष प्रचण्डले आफूले तयार पारेको राजनीतिक प्रतिवेदनका विषयमा शनिबार अर्का अध्यक्ष केपी शर्मा ओलीसँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका थिए ।

त्यस्तै, बैठकले सचिवालयले गर्दै आएका संगठनात्मक निर्णयहरुलाई अनुमोदन गर्नेछ। बैठकले वामदेव गौतमलाई पार्टी उपाध्यक्ष बनाउने गरी सचिवालयले गरेको निर्णयलाई पनि अनुमोदन गर्नेछ। स्थायी समिति बैठकमा सचिवालय विस्तारको विषयमा पनि छलफल हुने बताइएको छ।