सप्तरी, २८ मंसिर। सप्तरीको रुपनी गाउँपालिका ३ हर्दियास्थित पोखरीमा आज नवजात शिशुको शव भेटिएको छ। तिलेश्वर साहको उक्त पोखरीमा माछा मार्न थापेको जालमा नवजात शिशु (बालिका) को शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
गाउँको भित्री सडकखण्डको पूर्वमा रहेको तिलेश्वर साहको पोखरीमा माछा मार्न हालेको जालमा बालिका मृत फेलापरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाइँले जानकारी दिए।
नवजात शिशुलाई बेवारिसे अवस्थामा कसले र किन फालेको हो, त्यसबारेमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक प्रसाइँले बताए। शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ। रासस



लाेकपाटी न्यूज
