धनुषा, २८ मंसिर। बम विष्फोटको आरोपमा विप्लव नेकपाका ३ स्थानीय नेता पक्राउ परेका छन्। प्रहरी इन्सपेक्टरसहित ३ जनाको ज्यान जाने गरी भएको बम विस्फोट घटनामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा प्रतिबन्धित विप्लव नेकपाका तीन स्थानीय नेता रहेका छन्।
दुई महिलासहित ३ जनालाई पक्राउ परेका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रामेश्वर कार्कीले जानकारी दिए । पक्राउ पर्नेमा विप्लव नेकपाका प्रदेश नम्बर २ संयोजक ५१ वर्षीय सीतादेवि महरा, केन्द्रीय सदस्य ४१ वर्षिय ललिता महरा र रामसोभित गाहा रहेका छन्। ३ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरी कार्कीले बताए।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ स्थित इलाका प्रहरी कार्यालय भन्दा करिव ४ सय मिटरको दुरीमा पर्ने राजेश साहको नवनिर्मित घरमा शुक्रबार राति विस्फोट हुँदा साहसहित प्रहरी इन्सपेक्टर अमिरकुमार दाहाल र राजेश साहका छोरा आनन्द साहको मृत्यु भएको छ। यस्तै अन्य ४ जना घाइते भएका छन्।



लाेकपाटी न्यूज

