धनुषा घटनामा बाबुछोराको ज्यान गयो

lokpati banner
लाेकपाटी न्यूज

धनुषा, २८ मंसिर। धनुषामा भएको बम विस्फोटमा परी बाबुछोराको मृत्यु भएको छ। छिरेश्वर नगरपालिका ५ महेन्द्रनगर बजारमा बम विष्फोट हुँदा महेन्द्रनगरका राजेश्वर साह र उनका छोरा आनन्द साहको मृत्युको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर खनालले जानकारी दिए।

अन्य ६ जना घाइते भएका छन्। घर नजिकै राखिएको बम विस्फोट हुँदा राजेश्वरका अर्का छोरा प्रकाश र छोरी अञ्जली पनि घाइते भएका छन्। उनीहरुको धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ। विष्फोटमा प्रहरी निरीक्षक अमिर दाहाल, प्रहरी जवान रिजन महतो र अरु दुई जना पनि घाइते भएको डीएसपी खनालले जानकारी दिए।

दाहाल र महतोको जनकपुरमै उपचार भइरहेको छ। विष्फोटबाट राजेश्वरको घरमा सामान्य क्षति पुगेको छ। बेलुकै देखि बम राखिएको हल्ला चलेको र राति विस्फोट भएको स्थानीय बासिन्दाले बताएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्