कामाडौं, २७ मंसिर । खानेपानी तथा सरसफाई मन्त्री बिना मगर शुक्रबार झरीको प्रवाह नगरी काठमाडौंको गुहेश्वरीमा निर्माणाधीन बागमतीको फोहोर पानी प्रशोधन केन्द्रको निरीक्षणमा गएकी छन्।उनले उक्त प्रशोधन केन्द्रको उद्घाटन छिट्टै गरिनेसमेत बताइन्।
मन्त्री मगरले प्रशोधन केन्द्रको निर्माण कार्य अन्तिम चरणमा पुगेकाले अब आउने माघभित्रै उद्घाटन हुने मिति तय हुने बताइन्। प्रशोधन केन्द्रको सबै काम सकिएको भएपनि यसको सुन्दरता निर्माण र पार्क निर्माण लगायतको काम सम्पन्न नभएकाले अझै केही समय लाग्ने स्पष्ट पारिन्।
२ अर्ब ५५ करोड ८३ लाख २० हजार रुपैयाँ लागतमा निर्माण गरिएको यो प्रशोधन केन्दका लागि एसियाली विकास बैंक ९एडीबी० ले १ अर्ब ४० करोड ७० लाख ७६ हजार रुपैयाँ ऋण सहयोग गरेको छ।
प्रशोधन केन्द्रबाट बायो ग्याससँगै विद्युतसमेत निकाल्ने योजना सरकारको छ। उक्त प्रशोधन केन्द्रले दैनिक ३ करोड २४ लाख लिटर फोहोर पानीको प्रशोधन गर्ने पनि मन्त्री मगरले जानकारी दिइन्।



लाेकपाटी न्यूज

