नेकपाकाे सचिवालय बैठक स्थगित

Nekapa_Sachiwalaya_Prachanda
फाइल तस्बिर
लाेकपाटी न्यूज

काठमाडौं, २७ मंसिर। नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक स्थगित भएको छ। नेताहरुको कार्यव्यस्तताका कारण सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको आजका लागि तय गरिएको बैठक स्थगित भएको हो।

यही मङ्सिर २३ गते बसको सचिवालय बैठकले उपनिर्वाचनको समीक्षा, सङ्गठन सुदृढीकरण तथा स्थायी कमिटीको बैठकको कार्यसूची तय गर्ने लगायतका विषयमा छलफल गर्न आजका लागि सचिवालय बैठक बोलाएको थियो।

सचिवालयको बैठक शनिबार दिउँसो बस्ने नेकपाका केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालले बताए। स्थायी कमिटीको बैठक यही मङ्सिर २९ गते ११ बजेका लागि तोकिएको छ ।