काठमाडौं, २६ मंसिर। सूचना तथा सञ्चारप्रविधि मन्त्री गोकुल बाँस्कोटाले उपसभामूख शिवमाया तुम्बाहाम्फेले राजीनामा गर्ने बताएका छन्। मन्त्री बास्कोटाले पार्टीले दिएको जिम्मेवारीमा रहेकाहरुले पार्टीले भनेपछि राजिनामा दिनुपर्ने बताएका हुन्।
सञ्चार मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले अहिलेसम्म उपसभामूखले राजीनामा दिन्छु वा दिन्न नभनेको र पार्टीले पनि निर्णय नगरेको बताए। पार्टीले विभिन्न जिम्मेवारीमा पठाएकाहरुले पार्टीले भनेपछि राजीनामा दिनुपर्ने बताए।
मन्त्री बास्कोटाले भने ‘सभामूख, उपसभामूख, मूख्यमन्त्री, मन्त्री सबैलाई पार्टीले त्यो जिम्मेवारीमा पठाएको हो। पार्टीले फिर्ता हुनु भनेपछि हामी सबैले मान्नुपर्छ।



लाेकपाटी न्यूज

