धनगढी, २४ मंसिर। नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट अनेरास्ववियूका सह-संयोजक रञ्जित तामाङले आगामी फागुन १४ गते हरहालतमा स्ववियु निर्वाचन गराउने बताएका छन्। तामाङले विद्यार्थीको एकमात्र निर्वाचित संस्था कुनै हालतमा अवरुद्घ हुन् नहुने बताए।
मंगलबार धनगढीको कैलाली वहुमूखी क्याम्पसमा आयोजित कैलाली जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलामा बोल्दै तामाङले भने,‘ हामी आउँदो फागुन १४ गते जुनसुकै मुल्यमा पनि स्ववियु निर्वाचन गराएरै छाड्छौं।’ तामाङले विश्वविद्यालय प्रशासनलाई चुनावको सबै तयारी गर्न आग्रह गरे।
अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले आँउदो स्ववियु निर्वाचनमा अनेरास्ववियूले ८० प्रतिशत क्याम्पस जित्ने दाबी गरे। अनेरास्ववियू नेतृ सुनिता वरालले अनेरास्ववियूको एकता चाँडै टुंगो लाग्ने बताएकी थिइन्। त्यस्तै अनेरास्ववियू नेता तिलकराज भण्डारीले विश्वविद्यालयको उन्नयन र विद्यार्थी हकहितका लागि स्ववियु निर्वाचन हरहालतमा हुनपर्ने वताए।



लाेकपाटी न्यूज

