काठमाडौं। काठमाडौंको एक निजी कम्पनीले विभिन्न तहमा आठ जना इन्जिनियरसहित कर्मचारीको आवेदन माग गरेको छ।
मंगलबार सूचना प्रकाशित गर्दै थापाथलीस्थित एनइए इन्जिनियरिङ कम्पनीले खुला प्रतिस्पर्धामार्फत मकानिकल इन्जिनियरदेखि टेक्निसियन सिभिलसम्मका पदमा आवेदन माग गरेको हो।
सिनियर मेकानिकल इन्जिनियर एकजना, सिनियर इन्भारमेन्टलिस्ट एक जना, सिनियर सिभिल इन्जिनियर एक, अकाउन्ट अफिसर एक, सर्भेयर एक, सिनियर अफिस असिस्टेन्ट एक र टेक्निसियनमा २ जनाको आवेदन माग गरेको छ।
सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र शैक्षिक योग्यताको प्रमाणपत्रसहित नेपाली नागरिकले आवेदन भर्न सक्नेछन्।




लाेकपाटी न्यूज

