काठमाडौं, २३ मंसिर। प्रहरीले नेपाली बालबालिकालाई यौन शोषण गरेको आरोपमा एकजना अमेरिकी नागरिकलाई पक्राउ गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ पर्ने अमेरिकाको इलिनौस बस्ने ४० वर्षिय जैसन लोयड मुडी रहेको जनाएको छ। जैसन मुडीबाट प्रहरीले तीन थान राहदानी, एक थान ल्यापटप, चार थान मोबाइल, विभिन्न बैंकको चार थान एटीएम कार्ड, विश्वभाषा क्याम्पसबाट जारी पहिचान पत्र बरामद गरेको छ ।
व्यूरोका प्रवक्ता बेलबहादुर पाण्डेका अनुसार जैसन मुडीले आर्थिक प्रलोभन देखाइ तथा खानेकुरा दिइ नेपाली बालबालिकालाई यौन शोषण गर्ने गरेको सूचनाका आधारमा प्रहरीले उनलाई पछ्याएको थियो ।
अनुसन्धान व्यूरोले काठमाडौं महानगरपालिका-९, एयरपोर्टस्थित एक गेष्ट हाउसबाट उनलाई तीन बालिकासहित आपत्तिजनक अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ।



लाेकपाटी न्यूज