दुर्घटनामा ग्लोबल आइएमई बैंकका शाखा प्रमुखको मृत्यु

accident
लाेकपाटी न्यूज

काठमाडौं, २३ मंसिर। कपिलवस्तुको बाणगङ्गा ८ मा बा ८ च ६३९० नम्बरको कार दुर्घटना हुँदा ३० वर्षीय सुरेश पाण्डेको मृत्यु भएको छ।

मृतक पाण्डे ग्लोबल आइएमई बैंक बनगाई शाखाका म्यानेजर थिए। पुर्व बाट पश्चिम तर्फ जाँदै गरेको उक्त निजी कार दुर्घटनामा परी कपिलवस्तु नगरपालिका ९ का सुरेश पाण्डेको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।

बिहेका लागि जाँदै गर्दा बिहान सवा ८ बजेतिर उनको कार दुर्घटना भएको हो। कार दुर्घटनामा परी तीनजना घाइते भएका छन्। घाइतेहरुको बुटवलमा उपचार भइरहेको छ।

अर्को सवारीलाई ओभरटेक गर्ने क्रममा कार अनियन्त्रित भई विद्युतको पोलमा ठोक्किएर पल्टिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्