अन्‍न गोदाममा आगलागी, ३२ को मृत्यु

aag
एक अन्न गोदाममा आगलागी हुँदा ३२ जनाको मृत्यु भएको छ।
लाेकपाटी न्यूज

काठमाडौं। भारतको नयाँदिल्लीमा एक अन्न गोदाममा आगलागी हुँदा ३२ जनाको मृत्यु भएको छ।

आज बिहान रानी झाँसी रोडस्थित सो गोदाम घरमा भएको आगलागीमा निसास्सिएर धेरैजसोको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

दमकल विभाग दिल्लीका प्रमुख अतुल गर्गले ५० जनाभन्दा बढीको उद्धार गरिएको बताएका छन्। आगलागीमा परेर घाइते भएकाहरुको लोकनायक अस्पतालमा उपचार भइरहेको छ।

अझै केही व्यक्ति गोदामभित्र फसेको हुनसक्ने अनुमान गरिएको छ।