चितवन , २१ मंसिर। चितवनको राप्ती नगरपालिका वडा नम्बर ४ मा अटो दुर्घटना भएको छ। आज साँझ भएको दुर्घटनामा परी पाँच जनाको मृत्यु छ।
भण्डाराबाट करिव २ किलोमिटर उत्तरतर्फ चेपाङ मार्गमा आज साँझ ना १ ह ६४०९ नम्बरको अटो अनियन्त्रित भएर दुर्घटना हुदाँ पाँच जनाको मृत्यु भएको हो। दुर्घटनामा गम्भिर घाइते एक जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी पर्वत जिल्ला कुस्मा नगरपालिका पिपलटारी बस्ने वर्ष ३५ का श्याम प्रसाद तिवारीको मृत्यु भएको छ भने अन्य चार जनाको सनाखत हुन् सकेको छैन। दुर्घटनामा २ पुरुष र ३ महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।



लाेकपाटी न्यूज