धरानमा लाल किल्ला तोड्नु नै कांग्रेसको सफलता : देउवा

Sher Bahadur Deuwa
लाेकपाटी न्यूज

बुटवल। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपनिर्वाचनको नतिजा कांग्रेसका लागि सन्तोषजनक रहेको बताए।

शनिबार कांग्रेस नगर समिति सिद्धार्थनगर, भैरहवाको दोस्रो नगर भेलामा सभापति देउवाले कम्युनिस्टहरुको किल्ला रहेको धरानमा नेकपालाई पराजित गर्नु कांग्रेसको सफलता भएको समेत बताए।

उनले भने, ‘कांग्रेस पराजित हुँदै आएको र कम्युनिस्टको गढका रुपमा रहेको धरनमा जित्नु कांग्रेसको सफलता हो।’ उनले कांग्रेस हार्नुको मुख्य कारण अन्तरघात भएको समेत बताए। अन्तरधातीहरुलाई कारबाही नगरेसम्म पार्टी नबन्ने सभापति देउवाले ठोकुवा गरे।

उनले भने, ‘अन्तरघात गरेर पार्टीलाई हराउन लाग्ने नेता कार्यकर्तालाई कसैले कुनै हालतमा बचाउनु हुँदैन, कारबाही नभएसम्म पार्टी हार्दै जान्छ।’