राजनीतिज्ञसँग प्रविधिसम्बन्धी ज्ञान नभए विकासले गति लिँदैन : उर्जामन्त्री पुन

barsaman-pun ananta
लाेकपाटी न्यूज

काठमाडौं, २० मंसिर । उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले पूर्वाधारको विकास बिना समृद्धि सम्भव नहुने र त्यसका लागि राजनीतिज्ञसँग ज्ञान हुन् आवश्यक भएको बताएका छन्। राजनीतिक व्यक्तिसँग प्रविधिसम्बन्धी ज्ञान नभए विकास निर्माणका कामले गति लिन नसक्ने बताए।

उर्जा जलस्रोत तथा सिँचाई मन्त्रालय जलस्रोत तथा सिँचाई विभागले आज आयोजना गरेको ‘पूर्वाधार विकास बहस’ कार्यक्रममा मन्त्री पुनले यस्तो बताएका हुन्। उनले राजनीतिक व्यक्तिले प्राविधिक विषयमा न्यूनतम ज्ञान नराख्ने हो भने कुनै पनि आयोजना अगाडि बढ्न समस्या हुने बताए।

उनले जलविद्युत क्षेत्रमा ड्याम र सुरुङको डिजाइन बनाउने काम महत्वपूर्ण भएपनि दक्ष जनशक्ति नेपालमा नभएको बताए। मन्त्री पुनले जलविद्युत र खानेपानी क्षेत्रमा सुरुङ निर्माणको काम राम्रो भएपनि यातायात क्षेत्रमा निर्माण हुन् नसकेको बताए।