सिद्ध बाबालाई फेरि ७ दिन म्याद थप

sidhababa
लाेकपाटी न्यूज

इटहरी। बलात्कार अभियोगमा पक्राउ परेका सिद्धाबबा अर्थात् कृष्णबहादुर गिरीलाई जिल्ला अदालत सुनसरीले फेरि ७ दिनको म्याद थप गरेको छ।

आफ्नै अनुयायीलाई बलात्कार गरेको मुद्दामा छनबिन भइरहेको बाबालाई जिल्ला प्रहरी कार्यलय सुनसरीले १० दिनको म्याद मागेको थियो। अदालतले १० दिनको सट्टा ७ दिन मात्र म्याद थप गरेको हो।

अनुसन्धानका लागि अदालतले दिएको चारदिने म्याद सकिएपछि प्रहरीले दोस्रो पटक ७ दिनको म्याद अदालतबाट लिएको हो।

प्रहरीले अहिले कृष्णदासलाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ। आफ्नै अनुयायीमाथि बलात्कार प्रयास गरेको उजुरीपछि प्रहरीले गत मंसिर १६ गते विराट नर्सिङ होमको आईसीयूबाटै उनलाई पक्राउ गरेको थियो।

पक्राउ परिसकेपछि प्रहरी आफ्नो अनुसन्धानमा बयान लिइरहेको छ। बयानकै क्रममा गिरीको रगत र वीर्यको मद्दतले ‘डीएनए’ परिक्षणका लागि नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाइसकिएको छ।

अनुसन्धान टोलीले प्रतिस्ठानका भान्से, गिरीका पिएसओ ‘बडीगार्ड’ र त्यसदिन उनीसँगै रहेका अन्य अनुयायीको बयान लिएको हो।

यस्तै करणी भएको भनिएको चतरास्थित महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानका पदाधिकारीहरुको प्रहरीले बयान लिइरहेको छ।

अनुसन्धान टोलीमा जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी बिनोद शर्मा र प्रहरी निरीक्षक सुभेष अधिकारी छन्। शुक्रबार ७ दिने म्याद थप भएपछि प्रहरीले आरोपित गिरीको बयान लिने छ।

करणीको दाबी गरिएको कात्तिक ४ गतेयता र त्यसअगाडि गिरी र आरोप लगाएकी महिलाबीचको टेलिफोन ‘कल डिटेल’ पनि प्रहरीले अध्ययन गरिरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्