डिस्चार्ज भएका प्रधानमन्त्रीको कस्तो छ स्वास्थ्य अवस्था ?

KP Sharma Oli
लाेकपाटी न्यूज

काठमाडौं, १९ मंसिर। प्रधानमन्त्री केपी शर्मा ओली आज अपराह्न ४ बजे अस्पतालबाट डिस्चार्ज भएका छन्। प्रधानमन्त्री ओलीलाई आज अपराह्न ४ बजे अस्पतालबाट डिस्चार्ज गरिएको गरिएको हो।

प्रधानमन्त्री ओलीलाई केही दिन आराम गर्ने सुझावसहित डिस्चार्ज गरिएको छ। आज नै राष्ट्रपति विद्यादेवी भण्डारी अस्पतालमा पुगेर प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन्। प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आएको अस्पतालले जनाएको छ।

मंसिर १० गते मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिससाइटिसको अप्रेसन गरेपछि प्रधानमन्त्री ओली अस्पतालमै उपचाररत थिए। अस्पतालमा उनको मिर्गौलाको नियमित डायलाइसिससमेत हुँदै आएको थियो।

oli_discharge

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्