प्याजको मूल्यवृद्धिको विरोधमा पूर्वमन्त्री नै निस्के सडकमा

onion-ap pirodha
लाेकपाटी न्यूज

नयाँ दिल्ली, १९ मंसिर। प्याजको मूल्यवृद्धिको विरोधमा भारतका पूर्वमन्त्री पी चिदम्बरम सडकमा निस्केका छन्।प्याजको अस्वाभाविक मूल्यवृद्धिको विरोधमा भारतका पूर्वमन्त्री चिदम्बरम बिहीबार सडकमा निस्केका हुन्।

प्याजको मूल्यवृद्धिको विरोधमा राजधानी नयाँ दिल्लीस्थित संसद भवन अगाडि निकालिएको विरोध जुलुसमा पूर्वमन्त्री पी चिदम्बरम प्लेकार्ड बोकेर सहभागी बनेका थिए। भारतमा प्याजको अस्वाभाविक मूल्यवृद्धि भएपछि आयात प्रभावित हुँदा त्यसको असर नेपालमा पनि परेको छ।