विप्लव नेकपाका युवा सचिव पक्राउ

biplob
लाेकपाटी न्यूज

काठमाडौं, १९ मंसिर। नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपा, युवा सङ्घ बागलुङका सचिव रमेश अविरल भनिने सहल सुनार पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयबाट खटिएको सादा पोशाकका प्रहरीले गलकोटबाट बुधबार २१ वर्षीय सुनारलाई पक्राउ गरेको बागलुङका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए।

गलकोट नगरपालिका ४ भयरखर्कका सुनारको साथबाट विप्लव नेकपासम्बन्धी पत्र, पोष्टर, पम्प्लेटसमेत बरामद गरिएको बताए। प्रहरी उपरीक्षक नवराज भट्टका अनुसार पक्राउ परेका सुनारमाथि आवश्यक अनुसन्धान भइरहेको छ। सोनार बासिन्दा भएको बताइएको छ।