विकअप दुर्घटना हुँदा दुईको मृत्यु, १६ घाइते

accident
लाेकपाटी न्यूज

महोत्तरी, १८ मंसिर। महोत्तरीको बर्दिवासमा विकअप दुर्घटना हुँदा दुईको मृत्यु भएको छ भने १६ घाइते भएका छन्। बर्दिवास नगरपालिका ५ स्थित गढन्ता पुल नजिकै दर्शनार्थी बोकेको पिकअप दुर्घटना भएको हो।

दुर्घटनामा धनुषाको धनुषाधाम नगरपालिका २ बस्ने ८० वर्षीया सकुन्तलादेवी साह र भारतको विहार राज्यको सिताही बस्ने ६५ वर्षीया वर्तनियादेवी साहको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए।

अठार दर्शनार्थी बोकेर आज बिहान करिव ४ बजेतिर बारामा गढीमाईको दर्शन गरी फर्कंदै गरेको ना२च ८८५५ नम्बरको पिकअप गढन्ता चोकमा अनियन्त्रित भई सडकभन्दा तल झरी दुर्घटनाग्रस्त भएको हो।

गम्भीर घाइतेमध्ये धनुषाधाम निवासी २७ वर्षीया कविताकुमारी महतोसहित चार जनालाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको छ भने अन्य १२ जनाको बर्दिवासस्थित शुभस्वस्तिक अस्पतालमा उपचार भइरहको छ। रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्