काठमाडौं, १८ मंसिर। जलवायु परिवर्तनका कारण विशेषगरी बालबालिका र बूढाबूढीको स्वास्थ्यमा यसको गम्भीर असर देखिनेछ। जलवायु परिवर्तन अहिले विश्वको सबैभन्दा ठूलो समस्या बनेको छ।
वैज्ञानिकले आउने समयमा स्थिति झन् भयावह हुने बताएका छन्। विश्वको तापमान बढ्नाले घातक किसिमका ब्याक्टेरिया बढ्ने, अन्नको उत्पादनमा पनि कमी आउने र मानिसमा कुपोषणको समस्या पनि बढ्ने खतरा देखिएको छ।
अमेरिकामा हालै सार्वजनिक गरिएको एक रिपोर्ट ‘द ल्यानसेट काउन्टडाउन अन हेल्थ एन्ड क्लाइमेट चेन्ज’ ले यस्तो देखाएको छ। रिपोर्टमा जलवायु परिवर्तन, योजना र स्वास्थ्यलगायतका प्रमूख पाँच मुद्दामा जोड दिइएको छ।
द ल्यानसेट काउन्टडाउनमा विश्व बैंक र अन्य ३५ वटा संघ संस्थाका एक सय २० विशेषज्ञ समावेश दिए।



लाेकपाटी न्यूज

