प्रचण्डद्वारा सचिवालय बैठक आह्वान

NCP_Sachiwalaya pachanda
लाेकपाटी न्यूज

काठमाडौं, १७ मंसिर। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सचिवालय बैठक बोलाएका छन्। ‘कार्यकारी अध्यक्ष’ भएको २ हप्तापछि प्रचण्डले सचिवालय बैठक बोलाएका हुन्।

बुधबार बिहान ९ बजे नेकपा मुख्यालय धुम्बाराहीमा प्रचण्डले सचिवालय बैठक आह्वान गरेका। सचिवालय बैठकमा उपचुनावको समीक्षासहित, प्रधानमन्त्री ओलीलाई स्वास्थ्य लाभको कामना गर्ने विषयमा छलफल हुने जनाइएको छ।

मंसिर ४ गते बसेको सचिवालय बैठकले प्रचण्डलाई कार्यकारी अध्यक्षको अधिकार दिने निर्णय गरेको थियो। प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि अस्पतालमा रहेका बेला प्रचण्डले सचिवालय बैठक बोलाएका हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्