चितवन, १७ मंसिर । खैरहनी नगरपालिका वडा नम्बर ४ र ५ का नवनिर्वा्चित वडाध्यक्षहरुले मंगलबार सपथ ग्रहण गरेका छन्। खैरहनी नगरपालिका प्रमूख लालमणि चौधरीले नवनिर्वा्चित वडाध्यक्षहरुलाई सपथ ग्रहण गराएका हुन्।
सपथ लिए लगत्तै उनीहरुले मंगलबार नै पदभार ग्रहणसमेत गरेका छन्। हालै सम्पन्न उपनिर्वाचनबाट खैरहनी ४ मा देवबहादुर बस्नेत र खैरहनी ५ मा प्रतिमा कार्की बस्नेत वडाध्यक्षमा निर्वा्चित भएका थिए।
खैरहनी नगरपालिका ४ का तत्कालिन वडाध्यक्ष नरेन्द्रनाथ अधिकारी र खैरहनी ५ का वडाध्यक्ष विश्वविजय बस्नेतको २०७४ माघ ६ गते भएको सवारी दुर्घटनामा निधन भएको थियो। उनीहरुको निधन भएपछि खैरहनी ४ मा उपनिर्वाचनबाट निर्वा्चित वडाध्यक्ष देवबहादुर बस्नेत र खैरहनी ५ मा रामसिंह चौधरीले कार्यवहाक वडाध्यक्षको रुपमा काम गर्दै आएका थिए।
उपनिर्वाचनमा निर्वा्चित खैरहनी ५ की वडाध्यक्ष प्रतिमा कार्की तत्कालिन वडाध्यक्ष विश्वविजय बस्नेतकी श्रीमती हुन्। सपथ ग्रहण कार्यक्रममा खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीले कानूनको अधिनमा रही कसैको दबाब र प्रभावमा नपरी जनताको इच्छा र आकांक्षा अनुसार काम गर्न नवनिर्वा्चित वडाध्यक्षहरुलाई निर्देशन दिए।



लाेकपाटी न्यूज

