काठमाडौं, १७ मंसिर। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) को ४३ औं प्राज्ञसभा प्रतिष्ठानका सहकुलपति शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलको अध्यक्षतामा सोमबार नास्टको सभा हलमा सम्पन्न भएको छ। नास्टका कुलपति स्वास्थ्य उपचारको क्रममा अस्पतालमा उपचार गराई रहेका हुँदा बैठकको अध्यक्षता सहकुलपतिले गरेका थिए।
बैठकलाई सम्बोधन गर्दै नास्टको सहकुलपतिले नास्टले बिज्ञान प्रविधिको क्षेत्रमा देखिने गरी काम गर्न जरुरी रहेको बताए। हामीसँग बिज्ञान प्रविधि तथा नबापर्वद्धन नीति छ, यसको आधारमा नास्टले आफ्नो गतिविधि आगाडि बढाउन आवश्यक छ, विज्ञान प्रविधि तथा नव प्रविधिमा नयाँ युवा पुस्ताले सक्रियता पूर्वक कामलाई आगाडि बढाई रहेको छन् यसलाई संगठित गर्दै यो क्षेत्रको कामलाई व्यवस्थित गर्नु पर्ने बताए।
बैठकले निम्नानुसारको कार्यसूचिहरु माथि छलफल गरी निर्णय गरेको छ।
निर्णय नम्बर : १
सम्माननीय प्रधानमन्त्री एवं यस नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानका कुलपति श्री खड्ग प्रसाद शर्मा ओलीज्यू केही दिनदेखि अस्वस्थ्य भै स्वास्थ उपचारको लागि अस्पताल भर्ना हुनु भएकोमा यस प्राज्ञसभाका सम्पूर्ण सदस्यहरुको तर्फबाट उहाँको शिघ« सु–स्वास्थ्य लाभको कामना गर्ने निर्णय गरियो ।
निर्णय नम्बर २
आर्थिक वर्ष २०७५/०७६ मा प्रज्ञा–प्रतिष्ठानबाट सम्पन्न गरिएका कार्यहरुको प्रगति विवरण सहितको वार्षिक प्रतिवेदन अनुमोदन गर्ने निर्णय गरियो ।
निर्णय नम्बर ३
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको आर्थिक वर्ष २०७६/०७७ को कार्यक्रमहरु संचालन गर्नको लागि ४३ करोड १८ लाखको वार्षिक कार्यक्रम वजेट स्वीकृत गरियो।
निर्णय नम्बर ४
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानद्वारा ४ वटा पुरस्कारहरु ९१० कुलपति राष्ट्रिय नव–प्रवर्तन पुरस्कार–१ जनालाई रु २,००,०००, ९२० महिला विज्ञान तथा प्रविधि पुरस्कार १ जनालाई रु ७५,०००, ९३० विज्ञान शिक्षक पुरस्कार (प्लस टु सम्म) १ जनालाई रु। ७५,००० र ९४० उत्कृष्ट विद्यार्थी पुरस्कार (प्लस टु सम्म छात्र), छात्रा–१० गरी २ जनालाई जनही रु। २५,००० का दरले प्रदान गर्ने गरि पुरस्कार स्थापना गर्न निर्णय गरियो ।
निर्णय नम्बर ५
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानद्वारा २०७६ सालमा १६ वटा पुरस्कारहरु २७ जनालाई प्रदान गर्ने निर्णय गरियो ।
१० विज्ञान तथा प्रविधि प्रज्ञा पुरस्कार–१
२० कुलपति राष्ट्रिय नवप्रवर्तन पुरस्कार–१
३० विज्ञान पुरस्कार–१
४० प्रविधि पुरस्कार–१
५० विज्ञान तथा प्रविधि युवा पुरस्कार–५
६० महिला विज्ञान तथा प्रविधि पुरस्कार–१
७० प्रज्ञा प्रतिष्ठान विज्ञान तथा प्रविधि प्रवद्र्धन पुरस्कार–२
८० विज्ञान प्रविधि पत्रकारिता पुरस्कार–१
९० दयानन्द बज्राचार्य अनुसन्धान पुरस्कार–२
१०० फणिन्द्र प्रसाद न्यौपाने अनुसन्धान पुरसकार–१
११० नबिल विज्ञान तथा प्रविधि पुरस्कार–४
१२० मोहनध्वज बस्नेत प्रज्ञा पुरस्कार–१
१३० जीत बहादुर नकर्मी धातु पुरस्कार–१
१४० भुवनेश्वर प्रविधि पुरस्कार–१
१५० विज्ञान शिक्षक पुरस्कार–१
१६० विज्ञान विद्यार्थी पुरस्कार–२ ९छात्र–१, छात्रा–१०
(छात्रा तर्फ दुई छात्राको बराबर अंक प्राप्त भएकोले यस पटक दुवैलाई बराबर गरि पुरस्कार प्रदान गरिने)
निर्णय नम्बर ६
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका पदाधिकारी तथा कर्मचारीहरुको तलवमान र ग्रेडमा नेपाल सरकारले २०७६ श्रावण १ गतेदेखि लागु हुने गरि सुरु तलवमानमा राजपत्रअनंकित कर्मचारीहरुको लागि २०५ र राजपत्रांकित कर्मचारीहरुको लागि १८५ को दरले वृद्धि गरि खाईपाई आएको ग्रेडमा नघटने गरि प्रदान गर्ने गरि गरेको निर्णयलाई आधारमानि सोही अनुसार प्रज्ञा प्रतिष्ठानका पदाधिकारी तथा कर्मचारीहरुको तलबमान पदाधिकारी र राजपत्रांकित कर्मचारीहरुलाई १८५ र राजपत्रअनंकित कर्मचारीहरुलाई २०५ का दरले बृद्धि गरि प्रदान गर्न अर्थ मन्त्रालयको सहमति लिई प्रदान गर्ने निर्णय गरियो।
निर्णय नम्बर ७
(क) नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको कार्यक्रमहरुमा गरिने खर्चहरुको एक रुपता ल्याउन खर्चको मापदण्ड सम्बन्धी कार्यविधि २०७६ लाई नेपाल सरकार सरहको हुने गरि अर्थ मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग छलफल गरी ‘खर्चको मापदण्ड सम्बन्धी कार्यविधि २०७६’ लाई स्वीकृत गर्ने निर्णय गरियो।
(ख) नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको प्रयोगशालामा कार्यरत कर्मचारीहरुलाई जोखिम भत्ता वितरण गर्ने सम्बन्धमा तयार पारिएको प्रयोगशाला जोखिम भत्ता व्यवस्थापन निर्देशिका २०७४ अर्थ मन्त्रालयसंग सहमति लिई स्वीकृत गर्ने निर्णय गरियो ।
(ग) नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानबाट प्रविधिको क्षेत्रमा क्रियाशिल सर्जकहरुलाई प्रोत्साहन र क्षमता अभिवृद्धिमा सहयोग पुर्याउने, आफ्नै प्रयासमा वैज्ञानिक व्याख्या र उपयोगिता सहित विकसित नविनतम सिर्जनात्मक प्रविधिका प्रवर्तकहरुलाई अनुसन्धानको लागि सहयोग र निजबाट विकसित प्रविधिमा सुधार गर्न समेत सहयोग पुर्याउने उद्देश्यले तयार पारिएको “सम्बृद्धिको लागि नवप्रवर्तन कार्यक्रम अन्तर्गत प्रविधि विकासको लागि अनुदान वितरण सम्बन्धी कार्यविधि, २०७६” लाई स्वीकृत गर्ने निर्णय गरियो।
(घ) नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको नेतृत्वमा भवन, आवास र बस्ती विकास सम्वन्धी अनुसन्धानको प्रवद्र्धन गर्ने तथा उपयुक्त प्रविधिको पहिचान र प्रविधि हस्तान्तरणको सहजिकरणको लागि “राष्ट्रिय भवन अनुसन्धान केन्द्र” स्थापना स्वीकृति प्रदान गर्ने र सोको स्थापना सम्वन्धमा कार्यविधि तयार गरि व्यवस्थापन परिषद मार्फत कार्य संचालन अगाडी बढाउने निर्णय गरियो। (ड) नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा विगत १० वर्षदेखि करारमा कार्यरत वैज्ञानिक, प्राविधिक तथा प्रशासनिक कर्म



लाेकपाटी न्यूज

