उपनिर्वाचन हारेपछि कांग्रेसमा विवाद

लाेकपाटी न्यूज

राजेन्द्र बिक/ बाजुरा। जिल्लाको त्रिवेणी नगरपालिका १ छतारामा वडा अध्यक्षको लागि भएको उपनिर्वाचन हारेको विषयलाई लिएर नेपाली काँग्रेसका कार्यकर्ताबीच एक आपसमा कुटाकुट भएको छ।

शनिबार सम्पन्न भएको उपनिर्वाचनमा नेपाली काँग्रेसका खगेन्द्र चंदारा नेकपाका मनराजे बुढासँग २० मतले पराजित भएको विषयलाई लिएर नेपाली काँग्रेसका भीम चंदारा र कालु चंदारावीच सोमबार आपसमा कुटाकुट भएको बताइएको छ।

चुनाव हारेको विषयलाई लिएर छतारामा काँग्रेसका कार्यकर्तावीच कुटाकुट भएको खबरपछि जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमूख डिएसपी उद्धवसिंह भाट सोमबार छतारामा पुगेका छन्।