काठमाडौं। निर्वाचन आयोगले शनिबार सम्पन्न उपनिर्वाचनका सबै स्थानको अन्तिम परिणाम सार्वजनिक गरेको छ। ३७ जिल्लाका ५२ रिक्त पदका लागि भएको उपनिर्वाचनको अन्तिम परिणाम आयोगले आज सार्वजनिक गरेको हो।
शनिबार प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तहमा उपनिर्वाचन भएको थियो। आयोगले सार्वजनिक गरेको नतिजा अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ३०, नेपाली कांग्रेसले १३, समाजवादी पार्टीले ४ र राष्ट्रिय जनता पार्टीले ३ वटा स्थानमा विजयी भएका छन्। यसैगरि एक स्थानमा स्वतन्त्र र एक स्थानमा राष्ट्रिय जनमोर्चाले जित निकालेको छ।
बागलुङ २ को ‘ख’ बाट निर्वाचित खिमविक्रम शाही राष्ट्रिय जनमोर्चा र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का साझा उम्मेदवार हुन्। रिक्त रहेको बागलुङ प्रदेशसभा निर्वाचन क्षेत्रमा नेकपा र जनमोर्चाबिचको गठबन्धनलाई निरन्तरता दिइएको हो। २०७४ मा भएको निर्वाचनमा तत्कालीन नेकपा एमाले, माओवादीसँगै जनमोर्चाबीच गठबन्धन भएको थियो।
उपनिर्वाचनमा पनि सोही गठबन्धनलाई निरन्तरता दिइएको थियो।
उपनिर्वाचनको नतिजा हेर्नुहोस्ः






लाेकपाटी न्यूज

