सुदूरपश्चिममा ७ वडाध्यक्षको अन्तिम नतिजा, कहाँ कसले जित्यो ?

nirbachan-aayog
लाेकपाटी न्यूज

कैलाली। सुदूरपश्चिममा सात जना वडाध्यक्षका लागि भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पाँच र नेपाली कांग्रेसले दुई स्थानमा जित हासिल गरेका छन्।

नेकपाका विजयी उम्मेदवारहरुमा कञ्चनपुरको पुर्नवास नगरपालिका–३ मा कृष्ण बहादुर तामाङ, डोटीको आदर्श गाउँपालिका–२ मा रामबहादुर बोहरा, अछामको मेल्लेख गाउँपालिका– ५ मा रमेश खड्का, बैतडीको पुर्चौडी नगरपालिका–४ मा शैलेन्द्र धानुक र बाजुराको त्रिबेणी नगरपालिका–१ मा मनराज बुढा रहेका छन्।

त्यस्तै कांग्रेसबाट विजयी हुनेमा बैतडीको सुर्नया गाउँपालिका–१ मा गजेन्द्रबहादुर चन्द र बैतडीकै दोगडाकेदार गाउँपालिका–४ मा सुरेन्द्रप्रसाद भट्ट हुन्। कञ्चनपुरको पुनर्वास नगरपालिका–३ मा नेकपाका तामाङ ५२८ मतल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दिलबहादुर तामाङले ३१० मत ल्याए।

डोटीको आर्दश गाउँपालिका–२ मा नेकपाका बोहराले ६६८ मत ल्याएर जित हात पार्दा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका महादेव साउँदले ६५६ मत प्राप्त गरे। अछामको मेल्ले खगाउँपालिका–५ मा नेकपाका रमेश खड्का ७७८ मत ल्याएर विजयी भए। उनका प्रप्रतिद्वन्द्वी कांग्रेसका बीर बहादुर बोहराले ५६३ मत प्राप्त गरे।

बैतडीको पुर्चौंडी नगरपालिका–४ मा नेकपाका शैलेन्द्र धानुक ६६३ मतल्याएर विजयी हुँदा प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गोबिन्दबहादुर धामीले ५५८ मत ल्याए। बाजुराको त्रिबेणीनगरपालिका–१ मा नेकपाका मनराज बुढा ३६७मत ल्याएर विजयी भए। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खगेन्द्र चदाराले ३४७मत प्राप्त गरे।

बैतडीको सुर्नया गाउँपालिका–१ मा कांग्रेसका गजेन्द्रबहादुर चन्द ४ मतको अन्तरले विजयी भएका छन्। चन्द २१९ मत पाएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी नेकपाका धनबहादुर चन्दले २१५ मत पाएका छन्। बैतडीकै दोगडाकेदार गाउँपालिका–४ माकांग्रेसका सुरेन्द्रप्रसाद भट्ट ५८४ मतल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका नरेन्द्र भट्टले ४८४ मत प्राप्त गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्