उपनिर्वाचन: गुल्मीको रुरुक्षेत्रमा ७४ प्रतिशत मतदान

लाेकपाटी न्यूज

गुल्मी, १४ मंसिर। गुल्मीको रुरुक्षेत्र वडा नं ६ उत्साहजनक रुपमा मतदान भइरहेको छ।

रुरु क्षेत्र गाउँपालिका वडा नं ६ रिमुवामा वडा अध्यक्षका लागि चलिरहेको मतदानमा पछिल्लो ४ बजेसम्म कुल १हजार ५१६ मत खसेको मतदान अधिकृत शान्ति शर्माले जानकारी दिए।

जसअनुसार ७४ दशमलव ०२ प्रतिशत मत खसेको शर्माले जानकारी दिए। मतदान ५ बजेसम्म जारी रहने छ। अहिलेसम्म शान्तिपूर्ण रुपमा मतदान जारी रहेको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले जानकारी दिए।

सो वडामा कुल दूई हजार ४८ मतदाता रहेका छन्। निर्वाचनका लागि जनज्योती माध्यमिक विद्यालयमा एक मतदान स्थलमा २ मतदान केन्द्र रहेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्