चितवन, १४ मंसिर । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को गृह जिल्ला चितवनमा जारी उपनिर्वाचनमा ४७ प्रतिशत मत खसिसकेको छ। जिल्लाको दुई पालिकाको ३ वटा वडामा बिहान ७ बजेदेखी जारी मतदानमा अपरान्ह १२ बजेसम्म ४७ प्रतिशत मत खसेको हो ।
चितवनको भरतपुर महानगरपालिका १६ र खैरहनी नगरपालिका ४ र ५ मा तत्कालिन वडाध्यक्षहरुको निधन भएपछि उपनिर्वाचन भएको हो। जिल्लामा शान्तिपूर्ण रुपमा निर्वाचन भईरहेको चितवनका प्रमूख जिल्ला अधिकारी जितेन्द्र वस्नेतले वताए।
तीन वटा वडामा ६ वटा मतदानस्थल र १५ वटा केन्द्रमार्फत् मतदान भइरहेको छ। यी तीनवटै वडामा हुने उपनिर्वाचनमा १३ हजार ३ सय ४२ जनाले मतदान गर्ने छन्। अपरान्ह १२ बजेसम्म ६१९३ मत खसेको छ। जसमा ३०६७ पुरुषले मतदानमा भाग लिएका छन्। यसैगरी ३१२६ महिला मतदाताले मतदान गरिसकेको मतदान अधिकृतले जानकारी दिए।
तीन वटा वडामा पाँच राजनीतिक दलका १३ उम्मेदवार चुनावी मैदानमा रहेका छन्। मतदान सकिएपछि आजै मतगणना गर्ने तयारी छ।



लाेकपाटी न्यूज

