साइकलयात्रीलाई १ वर्ष ६ महिना कैद सजाय

mudda-dartaaa
लाेकपाटी न्यूज

काठमाडौं, १२ मंसिर। सगरमाथा लोकमार्गको जग्गा ठगी गरी बिक्री गरेको कसुरमा जिल्ला अदालत उदयपुरले उल्टो साइकलयात्री विरेश दाहालसहित ४ जनालाई जरिवानासहित कैद सजायको फैसला गरेको छ।

जिल्ला न्यायाधीश मनोज केसीको एकल इजलासले उनीसहित शिवप्रसाद दाहाल, दीपेन्द्र चौधरी र वुद्धिप्रसाद दाहाललाई कैदसहित जरिवाना फैसला गरेको हो।

एक वर्ष ६ महिना कैद सजाय पाएका विरेश अझै पनि फरार रहेका छन्। उनीहरुले लोकमार्गको सडक बिक्री गरेको अदालतको ठहर छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्