काठमाडौं, १२ मंसिर। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आएको छ। एपेन्डिसाइटिस भएपछि शल्क्रिया गरिएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वस्थ्यमा क्रमिक रुपमा सुधार आएको हो। उपचारमा संलग्न चिकित्सकका अनुसार प्रधानमन्त्री ओली अहिले बेडमा बस्न र बोल्न सक्ने भएका छन्।
प्रधानमन्त्री ओलीलाई बिहीबार केहीबेर हिडाउने भनिए पनि उनी पूर्ण रुपमा उभिन सक्ने भने नभएको स्रोतले जनायो। ‘उहाँको स्वास्थ्यमा सुधार भइरहेको छ, तर हिडाउँने कुरा होइन, बेडमा मात्र राख्दा संक्रमण हुने भएकाले बेड बाहिर खुट्टाहरु तन्काउन लगाउने तथा बेडमै उठेर बस्न लगाउने मात्र हो,’ स्रोतले भन्यो, ‘उहाँ अहिले हिँड्न सक्नुहुन्न, हिँड्न सक्ने हुन अझै समय लाग्छ।’
सोमबार रातिदेखी पेटमा समस्या भएपछि प्रधानमन्त्रीका चिकित्सकहरुले मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरेका थिए।
मनमोहन सेन्टरमा भर्ना भएको ओलीको मंगलबार नै ऐपेन्डिसाइटिस भएको पुष्टि भएपछि तत्काल शल्क्रिया गरिएको थियो। शल्क्रिया पछि भेन्टिलेटरमा रहेका प्रधानमन्त्री ओलीलाई बुधबार भेन्टिलेटरबाट निकालेर आईसीयूमा राखिएको थियो।



लाेकपाटी न्यूज

