रमेश भुसाल\ सुनवल, ११ मंसिर । सुनवलमा सञ्चालित मेलाको सातौं दिनसम्ममा करिव ३९ हजारको टिकटमात्र बिक्री भएको मेला सचिवालयले जनाएको छ। प्रादेशिक औद्योगिक व्यापार मेलाको सातौं दिन मात्रै ५ हजार भन्दा बढिले मेला अवलोकन गरेको टिकट व्यावस्थापन समिति संयोजक तथा संघका कोषाध्यक्ष हुमानाथ न्यौपानेले जानकारी दिए।
मेलाको दोस्रो दिनदेखि सातौं दिनसम्म आइपुग्दा मेलाको प्रत्येक दिन अवलोकनकर्ताहरुको उपस्थिति व्यापक रहेको र अरु बाँकी दिनहरुमा अवलोकनकर्ताहरुको उपस्थिती झनै बढ्नेमा आफू विश्वस्त रहेको मेला अयोजक संस्था उद्योग वाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचर्याले बताए। मेलाको सातौं दिनसम्म आइपुग्दा अवलोककर्ताहरुको व्यापक साथ र समर्थन पाएको र मेला सोचेभन्दा पनि भब्य र सभ्य तरिकाले अगाडि वढेको संघका वाणिज्य उपाध्यक्ष लेखनाथ खरेलले बताए।
मेलामा अवलोकनकर्ताको व्यापक उपस्थितीले आफूहरु निकै उत्साहित भएको र अन्य दिनमा पनि दर्शकको बाक्लो उपस्थितिको अपेक्षा गरेको प्रचार प्रसार समिति संयोजक तथा संघका महासचिव तेज प्रसाद भण्डारीले बताए।
व्यापारीहरुको मनोबल र उत्साह बढाउनका निम्ती स्टल डेकोरेटमा कुनै कमि नगरिएको र सोहि अनुसार व्यापारीहरुको व्यापार पनि राम्रो भएको र उनिहरु सन्तुष्टी रहेको स्टल व्यावस्थापन समिति संयोजक तथा संघका सचिव ईश्वरी भण्डारीले बताए।
त्यसैगरि व्यापार मेलामा उपस्थित अतिथिहरुको आतिथ्यतामा कुनै पनि कमि हुन् नदिएको आवास तथा खानपिन समिति संयोजक तथा संघका सदस्य विष्णु घिमिरे बताए। त्यस्तै अन्य दिनहरुमा पनि कुनै पनि कमि हुन् नदिने अतिथिहरुको सत्कारमा निरन्तरता दिनका लागि आफूहरु लागि परेको अर्का आवास तथा खानपिन समिति संयोजक तथा संघका सदस्य हर्क बहादुर गुरुङले बताए।
मेलामा खास गरी बालउद्यान, डाइनोसर पार्क, फेन्सी, अटोमोवाइल्स र होटल ब्यवसायीहरुले वढि व्यापार गरेको र विज्ञान प्रदर्शनि, विभिन्न जातजातिका परम्परागत घर एंव तीनका परिकारहरु आकर्षकका रुपमा रहेका छन् भने मेलाको आठौं दिन देखि खुल्ला उपमेयर कप भलिवल प्रतियोगीता हुने खेलकुद व्यावस्थापन समिति संयोजक तथा संघका सदस्य चुरामणी गैरेले जानकारी दिए।
त्यस्तै भोलि बिहीबार मणिमुकुन्द भलिवल क्लव र पाल्पा जिल्ला भलिबल संघबीच प्रतिस्पर्धा हुने खेल संयोजक गैरेले जनाकारी दिए। आज मेलामा राष्ट्रिय कलाकार रामजी खाँड, दिपक गारैंजा मगर र रितु थापाको प्रस्तुतिले मेलाको माहोल तातेको थियो।
त्यस्तै आठौं दिन कुलेन्द्र विश्वकर्मा, वैकुण्ठ महत, शिलु भट्टराई र लोक दोहोरी गायिका उमा देवि खनाल सञ्चालनमा सास्कृतिक कार्यक्रम रहने सास्कृतिक कार्यक्रम संयोजक तथा संघका सदस्य रमश पराजुलिले बताए।



लाेकपाटी न्यूज
