काठमाडौं, १० मंसिर। बुधबार मध्य रातिबाट मंसिर १४ गते हुन् गइरहेको उपनिर्वाचनको लागि मौन अवधि सुरू हुँदैछ। मौन अवधि सुरू भएपछि कुनै पनि उम्मेदवारको पक्ष र विपक्षमा प्रचार प्रसार गर्न पाइँदैन।
मूख्य निर्वाचन अधिकृतले बुधबार रातिदेखि उम्मेदवारका पक्ष र विपक्षमा देखिने खालका कुनै पनि गतिविधि गर्न नपाइने बताए।
त्यस्तै, व्यक्ति विशेषले पनि एसएमएस वा सामाजिक सञ्जालमा कुनै पनि उम्मेदवारको पक्ष र विपक्षमा कुनै पनि प्रचार सामग्री पठाउन तथा लेख्न नपाइने मूख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताए। मंसिर १४ गते जिल्लाको दुई स्थान घोराही १६ र निर्वाचन क्षेत्र नम्बर ३ ९२० मा उपनिर्वाचन हुँदैछ।



लाेकपाटी न्यूज
