ठेकेदार कम्पनीद्वारा नागढुंगा-नौबीसे सुरुङमार्गको सुरुङको सर्भे

लाेकपाटी न्यूज

काठमाडौं। नागढुंगा-नौबीसे सुरुङमार्ग निर्माणको ठेक्का पाएको जापानी कम्पनी हाज्मारआन्दो जेभीले सुरुङ निर्माण अघि गर्नुपर्ने ‘प्रि-कन्स्ट्रक्सन सर्भे’ गरिरहेको छ।

कम्पनीले सुरुङमार्ग निर्माणको तयारी गर्न विस्तृतरूपमा सर्भे थालिएको हो।उक्त सर्भेपश्चात् निर्माण गर्न शुरूदेखि अन्तिमसम्मको खाका तयार हुने र कसरी अगाडि बढ्ने भन्ने प्रस्ट हुने नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ।

आयोजना प्रमुख श्यामप्रसाद खरेलका अनुसार निर्माण कम्पनीले चाँडै सर्भे सम्पन्न गरेर काममा खटिने बताए। कम्पनीले दुई महिनादेखि सर्भेको काम गरिरहेको छ।

आयोजनाले ४२ महिनाभित्र सुरुङ निर्माणको काम सम्पन्न गर्न कात्तिक २८ गतेदेखि ठेकेदारले काम गरेको समय शुरू भएको जनाएको छ। उक्त दिनदेखि ठेकेदारले काम गरेको मान्ने आयोजना प्रमुख खरेलले बताएका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्