उपनिर्वाचन बहिष्कार गर्न खोज्ने नौ पक्राउ

pic
लाेकपाटी न्यूज

सुनसरी, ८ मंसिर । आगामी मंसीर १४ गते हुने उपनिर्वाचन बहिष्कारको आन्दोलनमा उत्रिएका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। सुनसरीको धरान उपमहानगरपालिकाको आगामी मंसीर १४ गते हुने उपनिर्वाचन बहिष्कारको आन्दोलनमा उत्रिएका ९ जनालाई प्रहरीले पक्राउ गरेको हो।

धरानको छाता चोकमा भेला भई उपनिर्वाचन बहिष्कारको योजना बनाई सर्वसाधारणलाई आतंकित पार्न सक्रिय रहेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिएका छन्।

पक्राउ पर्नेमा उदयपुरका टिकाराम राई, धरानका पारक लिम्बु, मोहन लिम्बु, पदम तामाङ, गौरव राई, झापाका जय आचार्य, धरानका पारस लिम्बु, रामबहादुर पौडेल, इटहरीका सन्तोष ठाकुर रहेको डिएसपी न्यौपानले बताए। पक्राउ परेका सबैलाई आज अभद्र व्यवहार ऐन अन्तर्गत मुद्दा दर्ता गरी कारवाही प्रकृया अगाडी बढाइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्