काठमाडौं, ८ मंसिर। भ्रमण वर्ष २०२० लाई लक्षित गरी सवारी चालकहरुलाई तालिम दिइएको छ। सार्वजनिक यातायातका चालक र सहचालकका लागि आजबाट तालिम सुरु भएको छ।
पर्यटन मन्त्रालय भ्रमण वर्षको सचिवालय, नेपाल पर्यटन बोर्ड, काठमाण्डौं महानगरपालिका र NATHAN को समन्वय र विभिन्न ट्रेड युनियनहरुको सहयोगमा एक हजार जनालाई तालिम प्रदान गरिने छ।
तालिमकाक्रममा तालिममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले चालक तथा सहचालक राम्रो व्यवहार गर्न आग्रह गरे।
सार्वजनिक बसका चालक तथा सहचालकको राम्रो व्यवहारले पर्यटकलाई खुशी पार्न सहयोग पुग्ने भएकाले राम्रो व्यवहार गर्न आग्रह रेका हुन्। अंग्रेजी भाषाको सामान्य बोलचाल, सरसफाई तथा यात्रुलाई गर्ने व्यवहार सिकाइने छ।



लाेकपाटी न्यूज

