प्रधानमन्त्रीले मलाई अलि बढी नै माया गरेर सरुवा गरिदिनु भयो : उपेन्द्र यादव

Upendra Yadav
रासस न्यूज

काठमाडौं, ९ मंसिर। उपप्रधानमन्त्री एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले संविधान संशोधनका लागि भएको सहमति कार्यान्वयन गर्नुपर्ने समय आएको बताएका छन्। सो मन्त्रालयमा आज कार्यभार सम्हाल्दै उपप्रधानमन्त्री यादवले सरकारमा जानुपूर्व भएको संविधान संशोधनको सहमति कार्यान्वयन गर्ने समय आएको बताए ।

उनले भने, ‘संविधान संशोधन राजनीतिक विषय हो। हामीले यसअघि नै सहमति गरिसकेका छौं। अब कार्यान्वयन गर्ने बेला आएको छ।’ मन्त्री यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई धेरै मन्त्रालयको अनुभव होस् भन्ने उद्देश्यले कानून मन्त्रालयमा पठाएको हुनाले काम गरेर देखाउने बेला आएको पनि बताए।

उनले भने, ‘मन्त्रिपरिषद् हेरफेर गर्ने प्रधानमन्त्रीको विशेषाधिकार हो। हेरफेर गर्न सक्नुहुन्छ। मलाई अलि बढी नै माया गरेर पनि यो मन्त्रालय दिएको हुनसक्छ।’ समाजवादी पार्टीका अध्यक्ष यादवलाई प्रधानमन्त्री ओलीले यही मंसिर ४ गते मन्त्रिपरिषद् पुनःगठन गर्दा स्वास्थ्य तथा जनसंख्याबाट कानून मन्त्रालयको जिम्मेवारी दिएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्