काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीको कोठीमा बेच्न लागेको अवस्थामा माइती नेपालको भारत शाखाले दुई नेपाली महिलाको उद्दार गरेको छ। राम्रो काममा लगाइदिने भनी काभ्रेपलाञ्चोक र झापा घर भएका दुई महिलाको उद्धार गरेको हो ।
माइती नेपालको भारतस्थित ट्रष्टकी सीता अधिकारीका अनुसार काठमाडौं, वीरगञ्ज हुँदै भारतको नयाँ दिल्ली पुर्याइएका दुबै जनाको नेपाली दूतावास, भारतीय प्रहरी र समाजसेवी बालकृष्ण पाण्डेको सहयोगमा उद्धार गरिएको हो। उनीहरुलाई आज नेपाल फर्काउन लागिएको अधिकारीले बताए।



रासस न्यूज

