धुलिखेलबाट जुवाडे पक्राउ

juwade
फाइल तस्वीर
रासस न्यूज

काभ्रे । जिल्ला प्रहरी कार्यालय काभ्रेले धुलिखेल नगरपालिका ९ रानाछापका महेश रानाभाटको घरबाट आइतबार राति साढे नौ लाख रुपैयाँसहित २३ जुवाडेलाई पक्राउ गरेको छ। पसल व्यवसाय गर्ने रानाभाटको घरमा जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा आइतबार राति एक बजे काभ्रेपलाञ्चोक प्रहरी प्रमूख प्रहरी उपरीक्षक जयराज सापकोटा नेतृत्वको सुरक्षाकर्मी टोलीले रु नौ लाख ५७ हजार ८७० नगद तथा एक सेट कौडासहित जुवा खेलिरहेका २३ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा ३७ वर्षीय घरधनी रानाभाटसहित धुलिखेल नगरपालिका ३ का ४१ वर्षीय भीमसेन तामाङ र ३६ वर्षीय कृष्णकुमार तामाङ, नमोबुद्ध नपारपालिका २ का ४२ वर्षीय नेमा लामा, नमोबुद्ध नपा ३ का ३६ वर्षीय अर्जुन तिवारी, नमोबुद्ध नपा ४ का ३५ वर्षीय रमेश तिवारी, रोशी गाउँपालिका ७ का २६ वर्षीय पुष्कर दर्जी, बनेपा नगरपालिका ११ का ४२ वर्षीय सुमन अधिकारी, बेथानचोक गाउँपालिकाका ३२ वर्षीय जयराम तिमल्सिना, चौँरीदेउराली गाउँपालिका ५ का ३७ वर्षीय रामप्रसाद चौलागागाईं पाँचखाल नगरपालिका ७ का अच्युत चौलागाईं, महाभारत गाउँपालिका ३ का २४ वर्षीय सुजन लामा, बनेपा नपा–६ का सुजन केसी रहेको प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए।

यस्तै, पक्राउ पर्नेमा गोरखाको सिरानचोक गाउँपालिका ५ का ३१ वर्षीय अमृत बानियाँ, नुवाकोटको शिवपुरी गाउँपालिका ७ का २८ वर्षीय सन्तोष पाण्डे र सोही गाउँपालिका ७ का २५ वर्षीय प्रवीण पाण्डे, नुवाकोटकै लिखु गाउँपालिका १ का २८ वर्षीय नवराज थिङ, दोलखाको मेलुङ गाउँपालिका–३ का २२ वर्षका दीपक थोकर, दोलखाको विगु गाउँपालिका ४ का ३८ वर्षीय राजन शर्मा, झापाको कमल गाउँपालिका ५ का २८ वर्षीय जितेन्द्र तामाङ, सिन्धुपाल्चोकको बाह्रबिसे नपा२ का ३८ वर्षीय नवीन गुरुङ, मकवानपुरको थाहा नगरपालिका ६ का २८ वर्षीय भुवन बलामी र सोही नगरपालिका ७ का ३५ वर्षीय बसुन्धरा केसी रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेकाको राती नै मेडिकल जाँच गरी प्रहरी हिरासतमा राखिएको प्रहरी नायब उपरीक्षक गिरीले बताए। उनका अनुसार उनीहरुलाई आजै म्याद थप गरी थप अनुसन्धान गरिनेछ। अनुसन्धानपश्चात पक्राउ परेकालाई जुवा ऐनअन्तर्गत मुद्दा चलाई कारवाही थालिने जनाइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्