राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रदेश ३ भेला सम्पन्न

pic
लाेकपाटी न्यूज

काठमाडौं, ८ मंसिर। राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रदेश ३ भेला सम्पन्न भएको छ । भेलाले १७ सदस्यीय प्रदेश समिति र १५ सदस्यीय काठमाडौं उपत्यका कमिटि गठन गरेको छ। गोरखापत्रका सिन्धुपाल्चोक संवाददाता चित्र मिजारको अध्यक्षतामा समिति गठन भएको हो।

समितिको उपाध्यक्षमा कमल बिश्वकर्मा मकवानपुर, सचिवमा वसन्त परियार धादिङ, सहसचिव सरोज उपरकोटी चितवन, कोषाध्यक्षमा शर्मिला बिश्वकर्मा काठमाडौं चयन भएका छन्। त्यस्तैगरी, सदस्यहरुमा भोजराज बिश्वकर्मा, सिताराम बयलकोटी, बिश्वास नेपाली, रामचन्द्र रम्तेल, गम्भिर बिक, संगम दर्जी, सुशिला बिक, अशोक परियार, सन्दीप सुन्दास, निर्मला नेपाली र श्याम रोक्का चयन भएका छन्।

संघको काठमाडौं उपत्यका कमिटिमा राष्टिय समाचार समितिका पत्रकार सुशील दर्नालको अध्यक्षतामा १७ सदस्यीय समिटि चयन गरेको छ। उपाध्यक्षमा गणेश बि.क, सचिव सन्दिप बिश्वकर्मा, सहसचिव निरोज तालागङी, कोषाध्यक्ष सुशीला विश्वकर्मा, सदस्य पवन वराइली, देवेन्द्र रसाइली, शोभा नेपाली, विरेन्द्र जैरु, अर्जुनसिंह भुल, मुकेश रोक्का, अलिन सुनाम परियार चयन भएका छन्।

भेलाको उद्घाटन प्रदेश ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले गरेका थिए। सो अवसरमा मन्त्री जम्कटेलले दलित समुदायबारे प्राप्त अधिकारलाई संस्थागत गर्न जोड दिए।

उनले भने ‘लामो सङघर्षबाट प्राप्त समानुपातिक, समावेशीताको विकल्प छैन सम्वृद्ध नेपाल निर्माणका लागि दलित समुदायले लामो समयदेखि भोग्दै आएको जातीय भेदभाव तथा छुवाछुतको समस्यालाई आर्थिक र राजनीतिक सहभागितासँग जोडेर एकीकृत रुपमा समाधान खोजिनुपर्छ ।’

राष्ट्रिय दलित पत्रकार सङ्घ, नेपालका अध्यक्ष तथा संविधान सभाका सभासद् विनोद पहाडीले ‘दलित पत्रकारमाथि अन्याय हुँदा उसैलाई मात्रै दुखेको हुन्छ, आफनो आवाज आफँैले उठाउनुपर्छ, त्यसैले पनि सङ्घको आवश्यकता महसुस गरी स्थापना गरिएको हो। तर यसले सबै संघ संस्थासँग एकाकार भएर काम गर्ने छ’ भने।

नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्टले दलित पत्रकार सङ्घले दलित समुदायका पत्रकारको क्षमता विकाससँगै सञ्चार सम्वन्धी ऐन, कानून र नीतिलाई समावेशी बनाउनका लागि सङ्घर्ष गर्नुपर्नेमा जोड दिए। दलित समुदायका पत्रकारलाई सङ्गठित गर्दै उनीहरुको अधिकारका लागि वि.सं. २०६७ मा स्थापना भएको सङ्घले दलित आन्दोलन र पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पुयाउने तीन दलित नेताको नाममा पत्रकारिता पुरस्कारसमेत स्थापना गरेको छ।

सङ्घको हालै सम्पन्न बैठकले लामो समय आन्दोलनमा सक्रिय नेता एवं लेखक\पत्रकार टिआर विश्वकर्माको सम्मानमा टिआर विश्वकर्मा स्मृति पत्रकारिता पुरस्कार स्थापना गरिएको छ।

सङ्घले राणाशासनका विरुद्ध आन्दोलन चलिरहँदा कुचिकारको काम गर्दै कारागारबाट गणेशमान सिंहलगायतका नेताको चिठी आदानप्रदान गर्ने राममाया च्यामेको सम्मानमा ‘राममाया च्यामे लोकपत्रकारिता पुरस्कार’समेत स्थापना गरेको अध्यक्ष पहाडीले जानकारी दिए।

त्यसैगरी सङ्घले ‘देवव्रत परियार स्मृति राष्ट्रिय पुरस्कार’ समेत स्थापना गरेको छ। दलित अधिकारकारकर्मी डा. विष्णुमाया परियारले आफ्ना पिता रुपबहादुर परियारको नाममा २० हजार रुपियाँ राशीको पुरस्कार घोषणा गरेकी छिन्।

त्यसैगरी जातिभेदविरुद्ध विश्व मञ्चका अध्यक्ष तीर्थ बर्माले पनि १० हजार रुपियाँ राशीको पुरस्कारको घोषणा गरेका छन्। भेलाले प्रदेश नम्वर ३ को अध्यक्ष र उपत्यका संयोजकको टुङ्गो लगाउने छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्