सवारी दुर्घटनामा डा.जोशीको मृत्यु

accident
लाेकपाटी न्यूज

काठमाडौं, ८ मंसिर । बसुन्धारास्थित इसान बाल तथा महिला अस्पतालमा कार्यरत डाक्टर प्रभु जोशीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ। संसद भवनको दक्षिण गेट अगाडि नम्बर नखुलेको गाडीले ठक्कर दिँदा डाक्टर जोशीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मर्निङवाकको लागि निस्किएका ७२ वर्षीय डाक्टर जोशीलाई घटनालगत्तै सिभिल अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याए लगत्तै अस्पतालले डाक्टर जोशीलाई मृत घोषणा गरेको महानगरीय प्रहरी वृत्त तीन कुनेका इन्सपेक्टर दीर्घ बोगटीले बताए।

डाक्टर जोशीलाई ठक्कर दिने गाडी र चालकको पहिचान भएको छैन। इन्सपेक्टर बोगटीका अनुसार फरार चालक र गाडीको सीसीटिभी फुटेजका आधारमा खोजीकार्य जारी रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्