काठमाडौं, ७ मंसिर । विश्वभूमिभक्त (होमबहादुर कार्की) ले देशको परिस्थितिचिन्ताजनक रहेको टिप्पणी गरेका छन्। उनले विश्वभूमिमाथि नै छिमेकीलाई भिडाएर तहसनहस बनाउने कामप्रतिआफ्नो असन्तुष्टि जनाएका छन्।
आज रिपोर्टर्स क्लब नेपालमा ‘देवलोकको परिस्थिति’ विषयमापत्रकार सम्मेलनगर्दै उनले यस्तो चिन्ता व्यक्त गरेका हुन्। उनले देशको उच्चतहमा बस्नेप्रति लक्षितगर्दै उक्त सन्तुष्टि जनाएका हुन्। उनी भन्छन्,‘नेपाल ३३ कोटी देवीदेवताहरुको स्वर्गलोक हो। यसलाई तहसनहस बनाउने कामदेशभित्रकै राजनीतिकनेतृत्वबाट भएको छ। जसलाई सर्वदीय बैठकको नाममा सस्तो राष्ट्रवाद देखाउन खोजिएको प्रति लक्षित गरिएको छ।
उनी थप्छन्,‘सर्वदलीय बैठकमा सबैपक्षको उपस्थिति हुनुपर्छ।’ मुलुकलाई शान्तिपूर्ण बनाउनको लागि सम्पूर्ण सञ्चारकर्मीदेखि राजनीतिक नेतृत्वको पनिउनले ध्यानाकर्षण गराएका छन्। उनी अगाडि भन्छन्,‘स्वर्गजस्तो भूमि नेपाललाई अहिले यहाँकै भक्तजनहरुलाई भिडाएर रणभूमि बनाउनखोजिँदैछ, यसमा छिमेकीहरुको कुनै दोष छैन। अहिले छिमेकीहरुबीच नै द्वन्द्वनिम्त्याउने कामभएको छ।’
देशमा सुशासन र स्थायित्वदिनकालागिखाली राजनीतिक नेतृत्वले मात्रै सुविधालिएर नहुने उनको तर्क छ। ‘त्यसमाधर्ममाआस्था राख्ने साधु, सन्त र भक्तजनहरुलाई पनि सामेल गराउनुपर्छ’–उनले थपे। अहिले नेपाल, भारत र चीनबीचतीन छिमेकीबीचद्वन्द्वसिर्जना गरेर अन्य छिमेकीले फाइदालिनखोजेकोप्रतिपनिउनले असन्तुष्टि प्रकट गरे।
उनले आगामी मंसिर २१ गतेदेखि आफूले ध्यान र भक्ति गरेर इन्द्रको चक्रचलाउन देवतासँग अनुमतिलिने र सम्पूर्ण श्रदालु भक्तजनसँग निमन्त्रणा गरेका छन्। उनले भने,‘अन्यकाभक्तहरुले हतियार उठाउनुहुन्छ भने हामी देवकाभक्तले देवताकै औजार उठाउनेछौं। त्यसको सहयोगबाट स्वर्गजस्तो पवित्रआमालाई धर्मभक्तहरुले सोच्नुपर्ने छ।’ उनले आफूले ९० दिनसम्मपनिभोकै बसेर देवलोकमा भएको अतिक्रमण रोक्नको लागि ईन्द्रको चक्रचलाउँदै बसेको पनि सुनाए। उनले भने,‘९० दिनसम्म केहीपनिनखाई म अखण्ड बत्तिबालेर बसेको छु।’



लाेकपाटी न्यूज
