काठमाडौं, ६ मंसिर। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संवैधानिक परिषद सम्बन्धी ऐन परिवर्तनका लागि सरकारले ल्याउन लागेको अध्यादेश लोकतन्त्र र संविधान विपरित हुने भएकाले राष्ट्रपतिले लालमोहर लगाउन नहुने बताएका छन्।
डेमोक्रेटिक लर्यस एसोसियसनको बार्षिक साधरणसभामा बोल्दै वरिष्ठ नेता पौडेलले अध्यादेश नियुक्ती हुने कुनै पनि संवैधानिक आयोगका पदाधिकारी सर्वमान्य हुन् नसक्ने बताए।
पौडेलले भने ‘म सम्माननिय राष्ट्रपति ज्यूलाई आग्रह गर्न चाहान्छु। उहाँ यो संविधान अन्तरर्गत राष्ट्रपति बनेको हो भने अलोकतान्त्रीक अध्यादेशमा लालमोहर लगाउनु हुँदैन।’
पौडेलले संवैधानिक परिषद गठन सम्बन्धी अहिलेको व्यवस्थाको आफ्नै खालेको विषेश महत्व रहेको बताए। उनले प्रधानमन्त्री केपी ओलीले संवैधानिक आयोगहरुलाई नियन्त्रण गर्नका लागि अध्यादेश ल्याउन लागेको बताए।



लाेकपाटी न्यूज

