उच्च अदालतको पेशीमा पुग्यो महराको निवेदन

Krishna-Mahara
लाेकपाटी न्यूज

काठमाडौं, ६ मंसिर । पूर्वसभामूख कृष्णबहादुर महराको पुनरावेदन निवेदन उच्च अदालतको पेशीमा चढेको छ।जबरजस्ती करणी उद्योगको अभियोगअन्तर्गत मुद्दाको पुर्पक्षका लागि थुनामा रहेका महराले शुक्रबार उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दिएका थिए ।

निवेदनमाथिको प्रारम्भिक सुनुवाईका लागि उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलाशमा पेशी तोकिएको छ। उच्च अदालत पाटनले प्रारम्भिक सुनुवाई गरी सम्भवत महराको कैफियत फाइल झिकाउने आदेश जारी गर्ने छ।

महराविरुद्ध संघीय संसद सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि बलात्कार प्रयास (जवरजस्ती करणी उद्योग) को अभियोग लागेको छ। प्रहरीको करिव १ महिनाको अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले महराविरुद्ध जवरजस्ती करणी उद्योग र पदीय ओहोदाको दुरुपयोग गरी कसुर गरेको अभियोगमा अधिकत्तम ७ वर्ष कैद सजाय मागदाबी गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको १८ कात्तिकको इजलाशले महरालाई पुर्पक्षका लाथि थुनामा पठाउने आदेश जारी गरेको थियो। जिल्ला अदालतको आदेशको पूर्ण पाठ आएपछि महराले उक्त आदेशविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दिएका हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्