‘शान्ति प्रकृयामा धेरै काम गरेर फड्को मारेकै हो’

Prachanda_1
लाेकपाटी न्यूज

काठमाडौं, ५ मंसिर। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको शान्ति प्रकृयामा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको पालामा धेरै काम गरेर फड्को मारेको बताएका छन्। बृहत शान्ति सम्झौता भएको १३ वर्ष पुगेको अवसरमा आज राजधानिमा भएको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सत्यतथ्य निरुपण गर्न आयोगमा सबै पदाधिकारी नयाँ नियुक्त गर्न लागेको जानकारी गराए।

प्रचण्डले हतियार व्यवस्थापन, सेना समायोजन र अनमिनलाई फिर्ता पठाउने काम माधव नेपालको सरकारका पालामा भएको भन्दै आफू त्यसबेला आन्दोलनमा भए पनि धेरै काम गरेको बताए।

उनले वेपत्ता आयोगले धेरै काम सकाएकाले के गर्ने भन्ने छलफल भइरहेको बताए। उनले सर्वोच्च अदालतको आदेशलाई मानेर नै विधेयक संशोधनको तयारी भएको भन्दै त्यसैअनूरुप ड्राफ्ट समेत बनिरहेको बताए।