कर्मथलो र जनताप्रति अगाध विश्वास छ : विद्या भट्टराई

nekapa
लाेकपाटी न्यूज

पोखरा ५ मंसिर । नेकपा उम्मेदवार विद्या भट्टराईले आफ्नो कर्मथलो भरतपोखरी र पूरै कास्कीका जनताप्रति अगाध विश्वास रहेको जनाएकी छन्। बिहीबार भरतपोखरीमा भएको घरदैलो र कोणसभामा उनले विश्वासबाटै संसार जितिने उल्लेख गरिन्।

उनले भनिन् ‘विश्वासभन्दा ठूलो केही छैन। नेकपाले गरेका काम, सरकारका गतिविधि र हाम्रो भूमिकाले यो विश्वासलाई थप दरिलो बताएको छ।’ उनले पोखरा महानगरमा पछि थपिएका ग्रामीण भागमा चाडै महानगरलाई आवश्यक पूर्वाधार र सेवा, सुविधा विस्तार गर्ने प्रतिवद्धता पनि जनाइन्।

नेकपा गण्डकी प्रदेश सहईञ्चार्ज खगराज अधिकारीले नेकपाको सरकारले दण्डहिनता, अनियमितता र भ्रष्टाचारविरुद्ध कुनै सम्झौता नगर्ने उल्लेख गरे। उनले भने, ‘कानून कार्यान्वयन गर्दा खराब काम गर्ने आफ्नै नेताहरु पनि कारवाहीमा परेका छन्। लोकतन्त्र, विधिको शासन र समृद्धिको यात्रामा कुनै सम्झौता हुँदैन।’

कार्यक्रममा पोखरा ३३ का चुनावी कमाण्डर भीम कार्की, नेकपा नेताहरु धनराज आचार्य, विजयबाबु वनबासी, शंकर केसी, रश्मी आचार्य, नेकपा ३३ अध्यक्ष गुरुप्रसाद क्रान्तिकारी, सचिव गोपाल पुन, नीलराज आचार्य, मनोहर आचार्य, यज्ञप्रसाद आचार्य, टुकराज भण्डारी, सूर्य गुरुङ, खुमबहादुर गुरुङ लगायतले बोलेका थिए।