काठमाडौं, ५ मंसिर। नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयश त्रिपाठीले अहिलेको निजामती प्रशासनमा नीतिगत र संरचनागत दुबै समस्या रहेको बताएका छन्। नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री त्रिपाठीले पदभार ग्रहण गर्दै निजामती प्रशासनमा नीतिगत र संरचनागत दुबै समस्या रहेको बताउँदै त्यसलाई सच्याउनुपर्ने महसुस आफूले गरेको बताएका हुन्।
नवनियुक्त मन्त्री त्रिपाठीले व्यक्तिगत र संरचनागत समस्याका कारण काम प्रभावित हुने गरेको भन्दै आफूले त्यस्ता समस्या अन्त्यका लागि प्राथमिकता दिने बताए। काम गर्दा राजनीतिक सहमतिका आधारमा गर्ने बताउँदै उनले भने, ‘व्यक्तिपिच्छे कार्यशैली फरक हुन्छ, मेरो कार्यशैली फरक छ। कार्यशैलीअनुसार साथीहरुले मलाई सघाउनुहुन्छ भन्ने विश्वास छ ।’ मन्त्री त्रिपाठीले भने, ‘म राजनीतिक सहमतिमा विश्वास गर्ने भएकाले सहमतिका साथ अघि बढ्छु।’
संघीय निजामती सेवा ऐन छिटोभन्दा छिटो जारी गर्ने र कर्मचारी समायोजनको क्रममा देखिएका केही मनोवैज्ञानिक समस्याहरु समाधान गर्ने बताए। स्थानीय तह, प्रदेश र संघ बीचको अन्तरसम्बन्धलाई तारतम्य मिलाएर अघि बढ्नुपर्ने बताउँदै उनले त्यसका लागि केही कानुनी संशोधनको आवश्यकता रहेको बताए।



लाेकपाटी न्यूज

